४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा सचिवालय बैठक : नागरिकता विधेयकबारे टुंगो लगाउँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बिहान (आज) बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विवादित नागरिकता विधेयक र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच बसेको बैठकमा वैवाहिक अंगीकृत नागरिकता विदेशी बुहारीले बिहे गरेको सात वर्षपछि मात्र दिने विषयमा सहमति बनेको थियो ।

सचिवालय बैठकबाट नागरिकताको विषयमा थप छलफल गरी पार्टीको आधिकारिक धारणा आउने बताइएको छ । दुई वर्षदेखि विवादित रहेको नागरिकता विधेयकलाई यसै अधिवेशनबाट टुंगो लगाउन संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल सुरु गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीले चाहेमा विहे लगत्तै नागरिकता पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, पार्टीभित्र विवादित बनेको एमसीसी लगायतका विषयमा पनि छलफल हुनेछ । तर, एमसीसीबारे थप छलफल गरी निस्कर्ष निकाल्न असार १० गते पार्टी स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको