२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने नेकपाको निर्णय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी बुहारीले ७ वर्ष पछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने विषयमा सहमति जुटाएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विगत दुई वर्षदेखि विवादित रुपमा रहेको नागरिकता विधेयकलाई टुंगो लगाउने गरी नेकपाको निर्णय आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विदेशी बुहारीले बिहे गरे लगत्तै उसले चाहेमा अंगीकृत नागरिकता दिइने अहिलेकै कानुन यथावत राख्ने अडान राखेको थियो ।

नेकपा सचिवालय बैठकले विदेशी ज्वाईंलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपाका महिला संसादहरुको मागलाई भने अस्वीकार गरेको छ । शुक्रबार साँझ बसेको नेकपा अध्यक्षद्वयसहित राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका सांसदहरुबीच भएको छलफलमा नेपाललाई नागरिकता वितरण गर्ने मुलुक बनाएर फिजी जस्तो बनाउन नसकिने स्पष्ट पारेका थिए ।

‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गम्भीर बन्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १२ : ०९ बजे

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी

रुकुमपूर्वमा प्रचण्डको विजय सुनिश्चित

काठमाडौं । रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर