३ आश्विन २०८३, शनिबार | September 19, 2026

ला लिगाको उपाधि होड अति रोमाञ्चक, बार्सिलोनालाई उछिनेर रियल मड्रिड शीर्ष स्थानमा



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले महत्वपूर्ण फड्को मारेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिड बार्सिलोनालाई पछि पारेर अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए ।

७० औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडको अग्रता दोब्बर भयो । रियल सोसिडाडका लागि ८३ औँ मिनेटमा मेरिनोले एक गोल फर्काए । करिम बेन्जिमा रियल मड्रिडको इतिहासमा ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनले अहिलेसम्म क्लबका लागि ला लिगामा १६५ गोल गरेका छन् ।

जितपछि जिनेदिन जिदानको क्लब रियल मड्रिड समान खेलबाट समान अंक तर गोल अन्तर कम भए पनि हेड टू हेडमा अघि रहेका कारण बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट रियल मड्रिड र बार्सिलोनाको समान ६५ अंक भएको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ । उपाधि होडमा रियल मड्रिड र बार्सिलोनाको दबाब अति कडा बन्दै गएको छ ।

आइतबार राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : २६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको