५ पुस २०८२, शनिबार | December 20, 2025

ला लिगाको उपाधि होड अति रोमाञ्चक, बार्सिलोनालाई उछिनेर रियल मड्रिड शीर्ष स्थानमा



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले महत्वपूर्ण फड्को मारेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिड बार्सिलोनालाई पछि पारेर अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए ।

७० औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडको अग्रता दोब्बर भयो । रियल सोसिडाडका लागि ८३ औँ मिनेटमा मेरिनोले एक गोल फर्काए । करिम बेन्जिमा रियल मड्रिडको इतिहासमा ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनले अहिलेसम्म क्लबका लागि ला लिगामा १६५ गोल गरेका छन् ।

जितपछि जिनेदिन जिदानको क्लब रियल मड्रिड समान खेलबाट समान अंक तर गोल अन्तर कम भए पनि हेड टू हेडमा अघि रहेका कारण बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट रियल मड्रिड र बार्सिलोनाको समान ६५ अंक भएको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ । उपाधि होडमा रियल मड्रिड र बार्सिलोनाको दबाब अति कडा बन्दै गएको छ ।

आइतबार राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता