३ पुस २०८२, बिहिबार | December 18, 2025

चितवनमा महिला र बालबालिकाका लागि अलग्गै क्वारेन्टिन



चितवन । चितवन जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका