४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा स्थायी कमिटी बैठक जारी, अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक जारी छ । बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।
बैठक संचालनको जिम्म प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर ओली बालुवाटारमै अन्य काममै व्यस्त बनेका छन् ।

ओलीको अनुपस्थितिप्रति स्थायी कमिटी सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् । आफ्नो आलोचना हुनेभएपछि बैठकमा अनुपस्थित भएर छल्न खोजेको उनीहरुले टिप्पणी गरेका छन् ।

आजको बैठकमा पहिल्यै तय गरिएको एजेण्डामा केन्द्रित रहेर सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । गत बैशाखमै स्थायी कमिटीको बैठक माग गरेका अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको सरकार संचालन गर्ने कार्यशैली र पार्टीलाई वाइपास गर्ने कार्यप्रति आलोचना गरेका छन् ।

सरकारको समीक्षलाई गोलमाटोल पारेर एजेण्डा तय गरिएको भन्दै बुधबारको बैठकमा सदस्यहरुले आपत्ति जनाएपछि एजेण्डाको संशोधन गरिएको थियो ।

स्थायी बैठक मुख्यगरी सरकार संचालन र एमसीसीमाथि नै बढ्ता केन्द्रित हुने देखिएको छ ।

बुधबार सुरु भएको बैठकको पहिलो दिन अध्ययद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा एकअर्कामाथि तितो पोखिएको भन्दै कतिपय सदस्यहरुले बैठकपछि निरासा समेत पोखेका थिए ।

दुई अध्यक्ष र नेता माधव कुमार नेपाल पक्षधरहरुबीच तिब्र घोचपेच हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको