४ पुस २०८२, शुक्रबार | December 19, 2025

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको बताउनुभयाे ।

क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्कीएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।

भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरे संगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको