२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको बताउनुभयाे ।

क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्कीएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।

भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरे संगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : २२ बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस