४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तु जिल्लामा पनि देखियो सलह किराको बिगबिगी



कपिलपवस्तु । कपिलवस्तु जिल्लामा पनि सलह किराको प्रकोप देखिएको छ । कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउपालिका शिवराज नगरपालि बुद्धभुमी नगरपालिका लगाएतमा यस किरा को संख्या बढी देखिएको छ ।

आइतबार अपरान्ह ४ बजेदेखि कपिलवस्तु नगरपालिकामा सलह किरा अत्यधिक देखिन थालेपछि यहाँका किसान चिन्तित हुन थालेका छने।

सलह किराले गाउँ, टोल आफ्नो खेतबारी नै ढाकी सकेको वडा नं ४ किसान अवधराम यादवले बताएका छन् । यसरी आफ्नो खेतबारी सलह किरा ले ढाके पछि आफु लगाएत पुरै गाउँ नै चिन्तित भएको यादवले गुनासो गरेका छन् ।

यस्तै जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आचार्यका अनुसार यिनीहरु विभिन्न समहुमा बाँडिएर दाङ,अर्घाखाँची तथा पाल्पातिर लागेका छन् । दैनिक १३० देखि १३५ किलोमिटरसम्म उडेर जाने र साँझ निस्कृय बस्ने आर्यले जानकारी दिए ।

यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको