७ आश्विन २०८३, बुधबार | September 23, 2026

अमेरिकामा दैनिक एकलाख कोरोना संक्रमित बढ्ने नयाँ चेतावनी



अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देशमा दैनिक एक लाख जनामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

डा. फाउचीले अमेरिकामा अझै पनि कोरोना नियन्त्रण गर्न सक्ने अवस्था नरहेको भन्दै आगामी दिन अझै कष्टपूर्ण हुनसक्ने बताएका छन् ।

मानिसहरुले अझै पनि सामाजिक दुरीलाई पालना नगरे र मास्क लगाएनन भने अवस्था भयावह हुनसक्ने फाउचीले चेतावनी दिएका छन् ।

अहिले अमेरिकामा दैनिक ४० हजार बढीमा कोरोना संक्रमण फैलिरहेको छ । डा. फाउचीले चेतावनी दिँदै भनेका छन् कि यदि सावधानी अपनाइएन भने आगामी दिनमा दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमण हुनेछ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार बढी मानिसमा संक्रमण फैलिइसकेको छ । जसमध्ये १ लाख ३० हजार बढीको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाखभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११