२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकामा दैनिक एकलाख कोरोना संक्रमित बढ्ने नयाँ चेतावनी



अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देशमा दैनिक एक लाख जनामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

डा. फाउचीले अमेरिकामा अझै पनि कोरोना नियन्त्रण गर्न सक्ने अवस्था नरहेको भन्दै आगामी दिन अझै कष्टपूर्ण हुनसक्ने बताएका छन् ।

मानिसहरुले अझै पनि सामाजिक दुरीलाई पालना नगरे र मास्क लगाएनन भने अवस्था भयावह हुनसक्ने फाउचीले चेतावनी दिएका छन् ।

अहिले अमेरिकामा दैनिक ४० हजार बढीमा कोरोना संक्रमण फैलिरहेको छ । डा. फाउचीले चेतावनी दिँदै भनेका छन् कि यदि सावधानी अपनाइएन भने आगामी दिनमा दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमण हुनेछ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार बढी मानिसमा संक्रमण फैलिइसकेको छ । जसमध्ये १ लाख ३० हजार बढीको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाखभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : २७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय