२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अन्तसंघर्ष चर्किएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, बिहीबारसम्म बैठक स्थगित



काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष नाटकीय रुपमा मंगलबारदेखि तिब्र बनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक सुरु भए लगत्तै लिलामणि पोखरेल, मातृका यादव र एनके प्रसाईं बोलेपछि बैठक स्थगित भएको एक नेताले बताए ।

मंगलबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच गम्भीर मतभेद देखिएपछि नेकपाभित्र संकट उत्पन्न हुँदै गएको छ । नियमित एजेण्डा भन्दा बाहिर प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नेताहरुले मंगलबारको बैठकमा छलफल गरेका थिए ।

यो विषय नसुल्झिएसम्म नेकपाभित्रको अन्तसंघर्षका तत्कालका लागि साम्य हुने देखिँदैन । बैठकबाट पार नलाग्ने देखिएपछि स्थगित भएको एक नेताले बताए । उनले भने, शिर्ष नेतृत्व तहबीच चरम आशंका व्याप्त रहेको अवस्थामा आपसी छलफल जरुरी देखियो । त्यसैले भोलिसम्मका लागि बैठक स्थगित भयो ।

यसअघि, बुधबार बिहान प्रधानमन्त्री ओलीले केही मन्त्री र निकट नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागीले पार्टी अध्यक्षद्वय र शिर्ष नेतृत्वबीच आपसी विश्वास, सहमति र समझदारी नभए पार्टी विघटन हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यतिबेला पार्टीमा तलमाथि केही भयो भने त्यो कम्युनिष्ट आन्दोलन र देशका लागि गम्भीर क्षति हुने भन्दै उनीहरुले समझदारीका साथ अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ५५ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका