२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेकपा विवाद चरम उत्कर्षमा, ओली निकट नेताहरु खुमलटारमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विबादकम हुनुको सट्टा चुलिंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकटका शिर्ष नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेकाछन् ।

पार्टीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गरेका हुन् ।

पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, रक्षामन्त्री ईश्वर पोखरेल र राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीमा देखिएको विवाद र समाधानको प्रयासका विषयमा प्रचण्डसंग छलफल चलिरहेको नेताहरुको भनाइ छ ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : ३१ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका