२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

स्थायी कमिटी बैठकअघि मन्त्रपरिषद्, मन्त्रिपरिषद् अघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको परामर्श



काठमाडौं । सत्तारुढ नेकपा स्थायी समितिको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटारमै बस्ने गरेको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकको समय सँगसँगै पर्दा नेकपा भित्रको विवादको प्रभाव मन्त्रिपरिषद्मा पर्ने पो हो कि भन्ने आंशका जनाइएको छ ।
यद्यपी, हरेक बिहीबार मन्त्रपरिषद् बैठक बस्ने गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । स्थायी समिति बैठक अघि मन्त्रिपरिषद् बैठक बोलाउनु र त्यसअघि राष्ट्रपतिसँग परामर्श गर्नुलाई राजनीतिक चासोका रुपमा हेरिएको छ।

यसअघि गत मंगलबार पनि ओलीले स्थायी समितिको बैठकअघि र पछि दुईपटक राष्ट्रपति भण्डारीलाई भेटेका थिए।
बुधबार प्रधानमन्त्री ओलीले केही मन्त्री र निकट नेता एवं सांसदहरुसँग बालुवाटारमै छलफल गरेका थिए ।

पार्टीीभत्रको विपक्षी तर बहुमत सदस्यसहितको गुट सक्रियताका साथ आफुलाई हटाउन लागेपछि ओली यतिबेला अभूतपूर्व राजनीतिक संकटमा रहेका छन् ।

बिहीबार बिहान ओली निकट स्थायी कमिटी सदस्यहरुले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी पूर्व सहमतिका साथ अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा प्रचण्डले सबै पक्षबाट भएका गल्ती कमजोरीमाथि समीक्षा हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १२ : १४ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका