४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति भेटर प्रचण्ड बालुवाटार फर्किए, नेकपा स्थायी कमिटी बैठक पुनः सुरु



काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अचानक अन्त्य गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्तसंघर्ष झन बढी पेचिलो बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटे लगत्तै आयोजना गरेको मन्त्रिपरिषद् बैठकबाट बिहीबार मध्यान्न संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको थियो । त्यसलगत्तै राष्ट्रपतिले संसद अधिवेशन अन्त्य भएको घोषणा गरिन ।

दिउ्रँसो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका छन् । त्यसपछि भने बालुवाटारमा नेकपा बैठक पुनः सुरु भएको छ ।

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठक केहीबेरमै स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच केहीबेर छलफल भएको थियो ।

छलफल सकारात्मक नभएपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।

प्रचण्ड फर्किएपछि बैठक पुन सुचारु भएको हो । तर बैठकमा ओली भने उपस्थित छैनन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको