२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नाटकीय ढंगले विकासित भएको चरम अन्तसंघर्षलाई साम्य पार्न प्रयास सुरु भएको छ ।

शुक्रबार बिहान नेकपाका ओली र प्रचण्ड–नेपाल समूह निकट रहेका युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउने प्रयासस्वरुप कृषिमन्त्री घनश्याम भूषाल निवासमा छलफल गरेका थिए ।

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । गत मंगलबारदेखि पार्टीभित्रको अन्तसंघर्ष अस्वस्थ्य ढंगले सार्वजनिक हुँदै एकले अर्कोलाई सिध्याउने स्तरसम्म गिर्दै छताछुल्ल भएपछि पार्टी फुटको चिन्ताले सहमति चाहने नेता कार्यकर्ता तनाबमा थिए ।

बिहीबारको स्थायी कमिटी बैठक प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै झन बढी तनाबपूर्ण बनेको थियो । बुधबार साँझ प्रचण्ड–नेपालसमुहले ललितपुरको झम्सिखेलमा मोर्चाबन्दी गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनका लागि मोर्चा खोलेको थियो ।

एकले अर्कोलाई सकेजति थकाउने, गलाउने रणनीति लिएका शिर्ष नेताहरुकै कारण नेकपा पछिल्लो दिनमा चरम संकटमा फस्दै गएको छ ।

बिहीबार स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गर्न नेताहरुले सुझाव दिएका थिए । त्यसै आधारमा अहिले ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टी एकतामै गम्भीर संकट उत्पन्न भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको यो छलफललाई धेरैले निर्णायक रुपमा विश्लेषण गरेका छन् ।
दुवै अध्यक्षबीच खुलेर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ०० बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका