५ पुस २०८२, शनिबार | December 20, 2025

प्रहरीलाई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने : प्रहरी महानिरीक्षक ज्ञवाली



नवलपरासी । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अग्रपंक्तिमा रहेर अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रहरी कर्मचारीहरूलाई उचित शिक्षा र व्यावसायिक दक्षता प्रदान गरी शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने बताएकाछन् ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा नवनिर्मित नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा रिमोट कन्ट्रोल मुख्य प्रवेशद्वारको शनिबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई उत्कृष्ट शिक्षा, आचरण एवम् व्यवहार सिकाउने नेपाल प्रहरीका विभिन्न तालिम केन्द्रहरूमध्ये प्रहरी युक्ति तालिम महाविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले अझै उत्कृष्ट जनशक्ति उत्पादन गर्नेतर्फ सदैव क्रियाशील रही व्यावसायिक दक्षता प्रदर्शन गर्न महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरीको उच्च छविलाई कायम राख्न सबै प्रहरी कर्मचारीहरुले आफ्नो विवेक, निष्ठा र साहसको प्रदर्शन गर्दै राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रहरी महानिरीक्षक ज्ञवालीले जोड थियो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त महाविद्यालय, बाह्यय पेरिमिटरको निरीक्षण गर्नुका साथै महाविद्यालयका प्रशिक्षकद्वारा प्रदर्शन गरेका विभिन्न कला तथा कौशलको अवलोकन समेत गरेका थिए ।

प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए भने प्रहरी उपरीक्षक वीर बहादुर ओलीले स्वागत मन्तव्य राखेका थिए ।

सुनवल नगरपालिका, स्थानीय बासिन्दा तथा प्रहरी युक्ति तालिम महाविद्यालयको संयुक्त सहकार्यमा उक्त नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा मुख्य प्रवेशद्वारको निर्माण कार्य सम्पन्न भएको कार्यक्रममा जानकारी दिईएको थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य