५ श्रावण २०८३, मंगलबार | July 21, 2026

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या



कञ्चनपुर । धारिलो हतियार प्रहार गरी कञ्चनपुरमा छिमेकीको हत्या गरिएको छ ।

पुनर्वास नगरपालिका ५ मा गौरव खड्काले स्थानीय ५० बर्षिया गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राति करिब १०:४० बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

हत्या पछि खड्का फरार रहेको र उनको खोजी भइरहेको उहाले जानकारी दिनुभयो । हत्याको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीको भनाइ छ ।

घटनाको थप अनुसन्धानका लागि कुकुर सहितको टोलिले अनुसन्धान गरिरहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : १६ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न