२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

सकियो नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीको ‘वान टु वान’ वार्ता, प्रफुल्ल मुद्रामा प्रचण्ड बालुवाटारबाट निस्किए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘वान टु वान’ वार्ता सकिएको छ ।

दुई अध्यक्ष आज बिहानै देखि वान टु वान वार्तामा बसेका थिए । वार्ताबाट प्रफुल्ल मुद्रामा अर्का अध्यक्ष बालुवाटारबाट बाहिरिएकाले वार्ता सकारात्मक दिशामा अगाडी बढेको अनुमान गरिएको छ ।

आईतबारको बैठकमा सहयोगी सांछीकारुपमा महासचिव बिष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहित वार्ता भएपनि आज दुई अध्यक्षमात्र वार्तामा बसेका थिए ।

बालुवाटारबाट निस्केका अध्यक्ष प्रचण्डले वार्ताका बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अध्यक्ष द्वयलाई सम्वाद गर्न समय चाहिएको भन्दै पार्टीको स्थायी कमिटीको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको थियो ।

नेकपामा विवाद समाधान गर्ने भन्दै स्थायी कमिटीको बैठक स्थगित हुंदै आएको छ भने समस्या समाधान गर्ने भन्दै युवा नेताहरुले केन्द्रिय कमिटी बैठकको माग गर्दै अस्ताक्षर अभियान सुरु गरेका छन् ।

पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरु पार्टी बिभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरुसँग सघन संवाद गरिरहेका छन् ।

सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई नेताबीच छलफलका लागि आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि राख्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : २५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा