१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेपाल प्रहरीले आज नयाँ प्रहरी प्रमुख पाउने, आईजीपी छनौट गर्न मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । सम्भवत आज साँझ सम्म नेपाल प्रहरीले नयाँ आईजीपी पाउने छ । आईजीपी छनौटकै लागि आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

वर्तमा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउने भएकाले नयाँ आइजीपी छनौटका लागि मन्त्रीपरिषद बैठक डाकिएको बताईएको छ । ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि प्रहरी सेवाबाट अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । यस अघिका महानिरीक्षक छनौट गर्दा जस्तो यसपटक प्रहरी संगठनमा अस्वस्थ प्रतिस्पर्धा भएको देखिएको छैन । थापाको संगठनमा इमान्दार र कर्तब्यनिष्ठ अधिकृतका रुपमा पहिचान बनाएका छन् भने पाल कमाण्ड कन्ट्रोलका साथै कुशल संगठककारुपमा चिनिन्छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ५२ बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५