२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सङ्कट समाधानमा सरकार गम्भीर भएन : महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले मंगलबार आयोजना गरेको विपीको प्रजातान्त्रिक समाजवाद र पार्टीको आगामी महाधिवेशन विषयक कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि सङ्कटका बेलामा जनतालाई बचाउने भन्दा कुर्सी जोगाउन लागेको आरोप लगाए ।

महामन्त्री कोइरालाले कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताउँदै गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको उल्लेख गरे ।

कांग्रेसको सङ्गठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि पार्टीको १४ औँ महाधिवेशन आवश्यक भएको बताउँदै उनले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको अवगत गराए । उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको पार्टीको साङ्गठनिक समायोजनको काम, क्रियाशील सदस्यता वितरण र नवीकरण सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँदै आगामी महाधिवेशनले काँग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई समेटिएको बताए । रासस

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ४२ बजे

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक