५ पुस २०८२, शनिबार | December 20, 2025

लायन्स क्लब अफ बुटवल, सिद्धबाबाद्वारा नयागाँउमा बृक्षाराेपण



बुटवल । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाले बृक्षाराेपण गरेकाे छ ।

बुटवल १२ नयागाँउमा बृक्षाराेपण गरेकाे हाे । क्लवका प्रथम उपाध्यक्ष ज्योति भण्डारीको संयाेजकत्वमा नयाँगाउ सचिवालय परिसरमा बिभिन्न फलफूलका १ सय बिरुवाहरु रोपिएको थियो ।

लायन्स क्लब अफ बुटवल, सिद्धबाबाकाे बर्ष २०/२१ को पहिलो बोर्ड बैठक सम्पन्न भएकाे छ । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाको सचिवालय (मधुमेह निसुल्क स्वास्थ्य क्लिनिक) मा बसेकाे बैठकले बिभिन्न निर्णय गरेकाे २०/ २१ को अध्यक्ष लायन ठाकुर प्रसाद आचार्यले बताए ।

आचार्यको अध्यक्षता तथा पिडिजी एमजेएफ महेन्द्र नारायण श्रेष्ठकाे प्रमुख अतिथिमा भएकाे कार्यक्रममा स्टाटेजिक डिस्ट्रिक चिफ अर्जुनमान सैजु, संस्थापक अध्यक्ष राम प्रसाद बन्जाडे, नि-बर्तमान अध्यक्ष डिल्लि नारायण पान्डे, पूर्व अध्यक्ष टंक प्रसाद गैरे, गोकर्ण पाण्डे, योगेश घिमिरे, लोक राज पोख्रेल, बिजय कुमार गुप्ता, भोजराज पाण्डे, गणेश प्रशाद भट्टराई, २०/२१ को प्रथम उपाध्यक्ष र ज्योति भण्डारी, द्रितिय उपाध्यक्ष झबिन्द्र अधिकारी, तृतीय उपाध्यक्ष नारायण तिवारी, कोषाध्यक्ष नेत्र प्रसाद पाण्डे लगायतले बाेलेका थिए ।

साे अबसरमा तुल्सिराम भण्डारी, लायन भुमी सापकोटा, लायन लक्ष्मण गैरे, सल्लाहकार लायन सिताराम रसाली, सल्लाहकार लायन मेघराज भण्डारी समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कल्वका सचिब लायन कृष्ण बा. सुनारले गर्नुभएको थियो ।

बैठकमा अध्यक्षबाट प्रस्तुत वार्षिक कार्यक्रमको सम्योजकिय भुमिका सहित आगामी कार्यक्रमलाई बैठकबाट पास गरिएको थियो । पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम गरिएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : १५ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने