४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओली-प्रचण्ड छलफल सकियो, निस्किएन निस्कर्ष



काठमाडौं । चरम अन्तर्संघर्षका कारण पार्टी फुटकै अवस्थामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ ।

यौटै विमानका दुई पाइलटबीच बेमेल हुँदा देखिने संकटपूर्ण अवस्था यति बेला नेकपामा रहेको छ । चरम संकटका बीच युद्धबिरामका लागि गरिएका कैयौं दिनका प्रयत्न सफल भएको छैन ।

बालुवाटारमा दुई अध्यक्षबीच भएको  झण्डै दुई घण्टाको छलफलबाट बुधबार पनि कुनै निस्कर्ष निस्किएन ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि जारी स्थायी कमिटी बैठक स्थगित गरेर निरन्तर छलफलमा छन्।

बुधबारको वार्ता पनि त्यसैको निरन्तरता भए पनि दुवै नेता आआफ्नै अडानमा रहेका छन् ।

गत असार १० गतेदेखि सुरू भएको पार्टी स्थायी समितिको बैठकमा १६ गतेदेखि प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपा फुटको संघारमा पुगेको हो ।

विवादकै बीच प्रधानमन्त्री ओलीले संसद अधिवेशन स्थगित गरे भने प्रचण्ड-नेपाल समुहले गुट भेलालाई तिब्र बनाए । ओलीले आफुलाई हटाउन भारत र पार्टीका नेता मिलेको सार्वजनिक आरोप लगाएपछि विवाद सुरू भएको थियो ।

विवाद समाधानका लागि भन्दै पटकपटक छलफल भए पनि कुनै सहमति निस्कन सकेको छैन ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको