३ भदौ २०८३, बुधबार | August 20, 2026

बालविवाह गराउन खोज्ने पाँचजना पक्राउ



तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।

तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका–२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नाबालिकाको विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध विहीबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

‘विधिवत तवरबाट विवाह मण्डप, जगिया तयार गरी बेहुलीको सिउँदोमा सिन्दुर हाली विवाह सम्पन्न भइसकेको रहेछ,’ प्रनाउ तिमिल्सिनाले भने, ‘बेहुली अन्माउने बेलामा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।’ रासस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ५५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने