२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

लकडाउन अवधिको पारिश्रमिक व्यवस्था गर्न माग



पोखरा । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेश कमिटीले सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको तयारी गरेका सन्दर्भमा यातायात मजदूरको सेवासुविधा, स्वास्थ्य सुरक्षाका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सार्वजनिक यातायात व्यवसाय तथा आश्रित श्रमिकको जीवनयापन अत्यन्तै कठिन भएको उल्लेख गर्दै सङ्गठनले यात्रुवाहक सवारी चलाउँदा यातायात श्रमिकको बीमा, सुरक्षाको प्रबन्ध मिलाउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनका प्रदेश अध्यक्ष विष्णुबहादर खत्री क्षेत्रीले सवारी चलाउने यातायात श्रमिकलाई विश्वस्वास्थ्य सङ्गठनले तय गरेका स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताए ।

यातायात श्रमिकको कोरोना बीमा अनिवार्य गराउनुपर्ने माग राख्दै ध्यानाकर्षणपत्रमा निजी विद्यालय, डिष्ट्रीब्युर्टस, कम्पनी, उद्योगलगायत क्षेत्रमा कार्यरत यातायात श्रमिकले बन्दाबन्दी अवधिभर पारिश्रमिक नपाएको हुँदा तुरुन्त उपलब्ध गराउन पहल गर्न अनुरोध गरिएको छ ।

लकडाउनका कारण कामबाट वञ्चित श्रमिकलाई राहत उपलब्ध गराइनुपर्ने उल्लेख गर्दै सङ्गठनले यातायात श्रमिकका छोराछोरीलाई लकडाउन अवधिभरको विद्यालयको अध्ययन शुल्क मिनाहा गर्नुपर्ने माग गरिएको छ । ध्यानाकर्षणपत्रमा एम्बुलेन्स चालकको हकमा सङ्क्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ)लगायत अनिवार्य उपलब्ध गराउन आग्रह गरिएको छ ।

सङ्गठनले प्रस्थान बिन्दुबाट यात्रुलाई गन्तव्य स्थानसम्म पु¥याइसकेपछि यातायात श्रमिकलाई सुरक्षाका साथ बस्ने प्रबन्ध गराउन माग गरेको छ । ट्याक्सीको मिटरमा भाडा समायोजन गराउन आग्रह गर्दै सङ्गठनले बन्दाबन्दी अवधिभर यातायात श्रमिकलाई घर भाडा छुट गराउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । ््

सङ्गठनले बैंकबाट कर्जा लिएर कारोवार गरेका स्वरोजगार यातायात श्रमिकको हकमा बन्दाबन्दी अवधिभरको किस्तामा छ महिना थप गरी किस्ता व्यवस्था गर्न माग गरेको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यातायात मजदूरको माग जायज भएको उल्लेख गर्दै पूरा गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ३ : ०४ बजे

समानुपातिकको मतगणना जारी : समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम