२८ भदौ २०८३, आइतबार | September 14, 2026

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र प्रसाद ढकाल ले उम्मेदवारी दिएका छन् । बुधबार कार्यक्रम गरेर महासंघको बरिष्ठ उपाध्यक्ष सहितको पदमा चन्द्र ढकालको समुहले प्यानल घोषणा गरेको हो । ढकालले आज चुनावी घोषणा सभामा बोल्दै आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै ढकालले केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर आँफुले लबिङ गरेको बताए ।
भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो, हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ढकालको भनाइ थियो ।

ढकाल हाल महासंघको उपाध्यक्ष छन । ढकाल समूहबाट उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघाई रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : १२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा