३ पुस २०८२, बिहिबार | December 19, 2025

अयोध्या प्रकरण : प्रधानमन्त्री ओलीको विरोधमा जनकपुरमा प्रदर्शन



जनकपुर । हिन्दु समुदायले सद्धा गर्ने श्रीरामको जन्मस्थल अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विरुद्ध जनकपुरमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको दिनमा आयोजित एक कार्यक्रममा अयोध्या पर्साको ठोरीमा रहनसक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको बताएपछि नेपाल र भारतमा सो अभिव्यक्तिको विरोध हुँदै आएको छ ।

जनकपुरमा हिन्दु परिषद् नेपाल नामको व्यानरमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले ओलीले हिन्दु धर्मावलम्बीको आस्थामा ठेस पुर्याएको आरोप लगाए ।

प्रदर्शनमा साधुशन्त र स्थानीय युवाहरुको सहभागीता रहेको थियो । जनकपुरका विभिन्न चोकको परिक्रमापछि प्रदर्शन कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गरेका साधुसन्तहरुले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई प्रधानमन्त्रीको अभिव्यक्तिले संकटमा पारेको भन्दै आक्रोश व्यक्त गरे ।

रमानन्दीय वैष्णव संघ जनकपुरकरा महासचिव नवलकिशोर शरणले भगवान रामको जन्म भारत उत्तर प्रदेशको पवित्र सरयु नदीको किनारमा अवस्थित अयोध्यामा भएको जिकिर गरे ।

तथ्य र प्रमाणविना प्रधानमन्त्री ओलीले दिएको सनतात धर्मग्रन्थ माथि बज्र प्रहार भएको उनले दाबी गरे । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति अबिलम्ब फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा राजनीतिक विषय नरहेको भन्दै परराष्ट्र मन्त्रालयले भने स्पष्टिकरण दिइसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : १७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको