११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सिन्धुपाल्चोकमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता



काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिरोले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् ।

घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।

गुरुङका अनुसार प्रहरीहरु घटनास्थलमा पुगिसकेको छैनन् । गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले प्रहरीहरुलाई खबर गरेको र उनीहरु घटनास्थलमा जाँदै गरेको बताइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ३० बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा