५ पुस २०८२, शनिबार | December 20, 2025

सिन्धुपाल्चोकमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता



काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिरोले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् ।

घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।

गुरुङका अनुसार प्रहरीहरु घटनास्थलमा पुगिसकेको छैनन् । गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले प्रहरीहरुलाई खबर गरेको र उनीहरु घटनास्थलमा जाँदै गरेको बताइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता