४ पुस २०८२, शुक्रबार | December 19, 2025

साझा यातायातका बस चल्न थाले काठमाडौंमा



काठमाडौं । साझा यातायातले आजबाट बस सेवा सुचारु गरेको छ ।

साझाले आफ्ना २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा सुचारु गरेको हो ।

पुरानै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझा यातायातले जनाएको छ।

सरकारले तोकेको सिट अनुसार आधा यात्रु मात्र राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

पाण्डेका अनुसार बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गरिएको छ ।

यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ।

साझाले बसका कर्मचारीलाई माक्स, पञ्जा र सेनिटाइजरको व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको थियो । तर, यातायात व्यवसायीहरुले भने विभिन्न शर्त तेस्र्याउँदै सार्वजनिक यातायात संचालन गर्न आनाकानी गरिरहेका छन् ।

साझाले भने आजबाट नियमित बसेवा संचालन गर्ने योजनाअनुसार बस चलाउन थालेको हो । साझा यातायातमा सरकारको समेत लगानी रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको