४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्ड–नेपालको आग्रह, राजीनामा नदिने ओलीको अडान यथावत



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक भोलि अर्थात साउन २ गते बस्दैछ ।

सहमति नभए पुनः सर्ने यो बैठक अघि आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

छलफलका क्रममा दुवै नेताले ओलाईलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

पार्टीभित्र ओलीको राजीनामा मागिएपछि निरन्तर विवादको भुँमरीमा परेको नेकपा स्थायी कमिटी बैठक बस्नु अघि भएको तीन नेताको छलफलमा दुई नेताले राजीनामा मागेका हुन् । तर, ओलीले भने पूर्ववत रुपमै राजीनामा नदिने अडान व्यक्त गरेका छन् ।

यसअघि प्रचण्ड र ओलीको मात्रै भेट हुनेगरेको थियो । तर, आज भने अर्का नेता नेपालपनि प्रचण्डसँगै वालुवाटार पुगेका थिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

ओलीसँग भेट्न अघि प्रचण्ड–नेपाल समुहका नेताहरु खुमलटारमा छलफल गरेका थिए । छलफलमा ओलीको राजीनामा माग्ने अडान कायमै राख्ने सहमति भएको थियो ।

पार्टीमा सहमति खोज्न भन्दै एकसातासम्म स्थगित गरिएको स्थायी कमिटी बैठक भने भोलि पनि हुने या नहुनेमा अन्यौल देखिएको छ । शिर्ष नेताहरुबीच सहमति नभए बैठक पुनः स्थगित हुनसक्ने एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले पार्टीको बैठक बोलाउन गत बैशाखमा सामुहिक हस्ताक्षर गरेका थिए । तर, ति मध्ये केही नेताहरुले भने अहिले हस्ताक्षरलाई दुरुपयोग गरिएको टिप्पणी गर्न थालेका छन् ।

उनीहरुले पार्टीको बैठक बोलाउनका लागि सामुहिक हस्ताक्षर गरिएको तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री हटाउनका लागि हस्ताक्षर नगरिएको जिकिर गरेका छन् ।  उनीहरु हरहालतमा पार्टी एकता जोगिनुपर्ने लाइनमा रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  २ : ४६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज