२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

बुटवल उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले हरेक दिन कार्यालय प्रवेश अघि राष्ट्रियगान गाउने



बुटवल । अघिल्लो वर्ष केहि सरकारी कार्यालयमा कार्यान्वयनमा आएको कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाउने प्रचलनलाई बुटवल उपमहानगरले आजबाट कार्यान्वयनमा ल्याएको छ । बुटवल उपमहागरपालिाका कार्यालयमा हरेक दिन कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाएर मात्र सेवा सुचारु गर्ने नीति बनाईएको छ ।

साउन १ गतेदेखि सुरु भएको राष्ट्रिय गानमा सहभागि हुनुपर्ने नियम हरेक दिन कार्यान्वयन गरिने उपमहानगरले जनाएको छ । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा राष्ट्रियता प्रतिको भावना अझ प्रगाढ बनाउन र सेवाप्रवाहमा सुशासन कायम राख्न यस्तो नियम बनाइएको उप महानगर प्रमुख शिवराज सुवेदीले बताए ।

नगरसभाका बेलामा नयाँ आर्थिक वर्ष सुरु भएसंगै कार्यालय प्रवेश गर्नुअघि राष्ट्रिय गित गाउने निर्णय भएको थियो । सोही निर्णयसंगै साउन १ गतेदेखि यसको सुरुआत गरिएको प्रमुख सुवेदीले जानकारी दिए । बिहीबार कार्यालय परिसरमा राष्ट्रिय गीतमा प्रार्थना गरेपछि मात्र कार्यालयका काममा जुटिएको उनले बताए

‘अब हरेक दिन बिहान कार्यालय समय अघि कार्यालय परिसरमा यसैगरी राष्ट्रिय गीतमा प्रार्थना गरेरमात्र काम प्रारम्भ गर्ने निर्णय भएको छ ।’ बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवलमा विभिन्न तहका गरि करिब चार सय कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : २२ बजे

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित

काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन