२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोनाका कारण सप्तरीका एक जना संक्रमितको मृत्यु




धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका ६ का ७३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ब्यापारको शिलशिलामा भारतको विभिन्न व्यापारीक सहरमा आउजाउ गर्ने गरेको उनलाई भारतबाटै संक्रमण सरहेको अनुमान गरिएको छ । स्थास्थ्य कार्यालयका अनुसार उनको धरानमा उपचारकै क्रममा स्वाव संकलन गरि परीक्षणक लागि पठाईएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताए ।

मृतक प्रदेश २ सप्तरीका स्थायी बासिन्दा भए पनि प्रदेश १ मा उपचारका क्रममा मृत्यु भएको यो पहिलो घटना भएको बताईएको छ ।

थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेका संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ४० बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा