५ पुस २०८२, शनिबार | December 20, 2025

सप्तरीमा झण्डै तीन सय घर डुवानमा, खोला नदीमा जलस्तर बढ्दो



सप्तरी । दुई दिनदेखि लगातार भइरहेको वर्षाले सप्तरीका विभिन्न खोला, नदीमा पानीको बहाव अत्याधिक बढेको छ ।

जिल्लाका झण्डै तीन सय घर डुवानमा पर्नुका साथै वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिकाका अधिकांश वडा डुवानमा परेको छ ।

स्थानीय नदी र खोलामा पानीको बहाव उच्च भएपछि बाढी पस्दा तिलाठी कोइलाडी गाउँपालिका सकरपुराका ५० घर डुवानमा परेका छन् ।यस्तै बेल्हीका ३०, हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ घर डुवानमा परेका छन् ।

डुवानबाट बिस्थापितहरु सुरक्षित स्थानमा पुगेको सम्बन्धीत स्थानिय तहका प्रमुखहरुले जानकारी दिएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही र सकरपुराका बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यबस्थापन समितिका अधिकृत राजेश झाले जानकारी दिए । पानी पसेका कतिपय घरमा सर्वसाधारण खाटमा बसिरहेका छन् ।

सकरपुरामा सयौं विगहामा लगाइएको धान बाली सखाप भएको पीडित किसानहरुले बताएका छन् । जिता नदीको बाढी पस्दा मंसापुरका २५ घर डुवानमा परेको स्थानिय सत्यनारायण मण्डलले बताए ।

यस्तै भलुवाही खोलाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं. १, २, ५, ६, ७, ८, १० र १५ का १ सय ५० घर डुवानमा परेको छ ।

ती वडाका अधिकांश घरमा समेत पानी छिरेको छ । निरन्तरको वर्षाले खाँडो, त्रियुगा, सप्तकोशी, जिता, बलान, खडक, महुली लगायतका नदी खोलामा पानीको बहाव उच्च भई आसपासका बासिन्दा जोखीममा परेका छन् ।

निरन्तरको वर्षासँगै खाँडो तथा बलान नदीको बहावले पश्चिमी तटबन्ध नजिक कटान थालेको छ । आसपासका बासिन्दालाई सचेत तथा सुरक्षित गरिनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ०२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता