८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना भ्याक्सिनमा सफलता प्राप्त गरेकोमा डब्लुएचओबाट अक्सफोर्ड विश्वविद्यालयलाई बधाई



कोरोना भाइरसको भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त गरेकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई बधाई दिएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका आपतकालिन कार्यक्रम निर्देशक डा. माइक रेयानले अक्सफोर्डका कोरोना भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिकहरुलाई बधाई दिएका हुन् ।

डब्लुएचओले अक्सफोर्डको नतिजालाई स्वागत गर्दै कोरोनाको फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न जरुरी रहेको बताएको छ ।

डा. रेयानले भनेका छन्, ‘यो निकै सकारात्मक परिणाम हो तर अझै लामो बाटो तय गर्न बाँकी नै छ ।’ उनले भनेका छन्, ‘अब वास्तविक ट्रायल पनि ठूलो परिणाममा हुन जरुरी छ ।’

कोरोनाका लागि अहिलेसम्म विश्वभर २३ भ्याक्सिनमा काम भैरहेको छ । डा. रेयानले भनेका छन्, ‘उपचारको खोजीमा भैरहेको भ्याक्सिन निर्माणको काम सकारात्मक देखिनु राम्रो हो ।’

डब्लुएचओ प्रमुख डा. टेड्रोस एदनहोम गेब्रेयासिसले कुनै पनि सफल भ्याक्सिन सबैका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले कैयौं देश भ्याक्सिन बनाउनका लागि एक विश्वव्यापी सार्वजनिक सेवाको रुपमा लागिरहेका छन् जबकी केही देश उल्टो दिशामा लागेको जनाएका छन् ।

‘देशहरुबीच आम सहमति हुँदैन भने जोसँग पैसा हुन्छ उनीहरुसँगै मात्र भ्याक्सिन हुनेछ जसको किन्ने क्षमता हुनेछैन उनीहरुले भ्याक्सिन पाउने छैनन्’, डा. टेड्रोसले भनेका छन्, हामीहरुको सबै मानिसको जीवन बचाउनु छ ।’ उनले भ्याक्सिन निर्माणको रफ्तार बढाउन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : १५ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ