४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना भ्याक्सिनमा सफलता प्राप्त गरेकोमा डब्लुएचओबाट अक्सफोर्ड विश्वविद्यालयलाई बधाई



कोरोना भाइरसको भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त गरेकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई बधाई दिएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका आपतकालिन कार्यक्रम निर्देशक डा. माइक रेयानले अक्सफोर्डका कोरोना भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिकहरुलाई बधाई दिएका हुन् ।

डब्लुएचओले अक्सफोर्डको नतिजालाई स्वागत गर्दै कोरोनाको फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न जरुरी रहेको बताएको छ ।

डा. रेयानले भनेका छन्, ‘यो निकै सकारात्मक परिणाम हो तर अझै लामो बाटो तय गर्न बाँकी नै छ ।’ उनले भनेका छन्, ‘अब वास्तविक ट्रायल पनि ठूलो परिणाममा हुन जरुरी छ ।’

कोरोनाका लागि अहिलेसम्म विश्वभर २३ भ्याक्सिनमा काम भैरहेको छ । डा. रेयानले भनेका छन्, ‘उपचारको खोजीमा भैरहेको भ्याक्सिन निर्माणको काम सकारात्मक देखिनु राम्रो हो ।’

डब्लुएचओ प्रमुख डा. टेड्रोस एदनहोम गेब्रेयासिसले कुनै पनि सफल भ्याक्सिन सबैका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले कैयौं देश भ्याक्सिन बनाउनका लागि एक विश्वव्यापी सार्वजनिक सेवाको रुपमा लागिरहेका छन् जबकी केही देश उल्टो दिशामा लागेको जनाएका छन् ।

‘देशहरुबीच आम सहमति हुँदैन भने जोसँग पैसा हुन्छ उनीहरुसँगै मात्र भ्याक्सिन हुनेछ जसको किन्ने क्षमता हुनेछैन उनीहरुले भ्याक्सिन पाउने छैनन्’, डा. टेड्रोसले भनेका छन्, हामीहरुको सबै मानिसको जीवन बचाउनु छ ।’ उनले भ्याक्सिन निर्माणको रफ्तार बढाउन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको