२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

महोत्तरीका ६० वर्षीय कोरोना संक्रमित पुरूषको बीपी प्रतिष्ठान धरानमा मृत्यु



धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चार दिन अघि उपचार गर्न धरान पुगेका ६० वर्षीय ति पुरूषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र खोकी लागेपछि उनलाई प्रतिष्ठानको इमेरजेन्सीमा उपचारका लागि ल्याईएको थियो ।
आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनी उपचारमा आउदानै गम्भिर विरामी भएकोले आइसियुमा राखेर उपचार गरिदै आएको थियो । सापकोटाले भने, ‘पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोराना आइसोलेसन कक्षको आईसियुमा भर्ना गरिएको थियो ।’

प्रवक्ता सापकोटाका अनुसार स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मृगौलाले समेत काम नगरेकोले डाईलेसिस समेत गर्नुपरेको थियो । उनमा निमोनिया पनि देखिएको थियो ।

मृतकलाई प्रदेश २ मै पठाउनका लागि प्रदेश सरकारसँग समवन्य भईरहेको बताईएको छ ।

यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३५ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण