३ असार २०८३, बुधबार | June 17, 2026

नेपाल पत्रकार महासंघले भदौ २–३ गते हेटौंडामा राष्ट्रिय भेला गर्ने



काठमाडौं । नेपाल पत्रकार महासंघले बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला गर्ने भएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा  गर्ने निर्णय गरेको हो ।

गत वैशाखका लागि तय गरिएको भेला कोभिड १९ का कारण रोकिएको थियो यस्तै २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती सबैको बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासंघले जनाएको छ ।

यस्तै बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरलगायतका विविध विषयमा समेत छलफल गरेको छ ।

महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।

निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ९ : १५ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा