२० आश्विन २०८३, मंगलबार | October 6, 2026

भोली कोरा २०२० हुदै



बुटवल । साईकल मार्फत पर्यटन पर्वदनको उदेश्यका साथ रुपन्देही जिल्ला साईक्लिङ संघको आय‍ोजनामा शनिबार कोरा २०२० हुने भएको छ ।

बुटवल उपमहानगरपालिका, रोटरी क्लब अफ बुटवल, भिमेश्वर एण्ड सगुन ग्रुप, लायन्स क्लब अफ युथ, बाईक स्टेसन ट्रेयाक, बुद्ध साईकल, सुरक्षित यात्रा नेपालको सहयोगमा कोरा २०२० साईक्लिङ च्यालेन्जको तयारी पुरा भएक‍ो शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।

संघका अध्यक्ष पुकार थापाले खेलकुद र पर्यटनमार्फत आर्थिक समृद्धिको लक्ष्य सहित साईक्लिङ गतिविधि महत्वपुर्ण हुने बताए । काठमाण्डौ बाहिर बुटवलमा तेस्रो संस्करणमा आईपुग्दा धेरै ब्यवस्थित हुँदै गएको उनले बताए । कार्यक्रम संयोजक अभिषेक भारीले कोरा पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार परिक्रममा गरिने बताए ।

बुटवल हाटबजारस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय हाताबाट अौपचारिक उद्घाटन हुने उनले बताए । हाटबजारबाट गोलपार्क, महेन्द्र पार्क, चादबारी, शिवनगर, चरङे, भलुहि, शितलनगर, पाकरी वृक्ष, भवानीपुर, मणिग्राम, मंगलापुर, कुन्जपार्क हुँदै पुनः हाटबजारमा पुगेर समापन गरिने उनले बताए ।

नगर खेलकुद विकास समितिका सदस्य अशोक गुरुङले खेलकुदको विकासका लागि नगरस्तरमा लागेको बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धिरन तुलाधर, सहसचिव गगन रानाले सबैको साथ सहयोगमा हरेक वर्ष कार्यक्रम निरन्तरता दिएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ५४ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह