२० आश्विन २०८३, मंगलबार | October 7, 2026

उर्वरद्वारा नियमित रक्तदान कार्यक्रम आयोजना



बुटवल । उर्वर बचत तथा ऋण सहकारी संस्था लि. बुटवल रुपन्देहीको आयोजनामा मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ दर्जनले रक्तदान गरेका छन् ।

हरेक वर्ष साउन १३ गते संस्थाले नियमित रक्तदान कार्यक्रमको आयोजना गर्ने र सहकारीका सदस्यहरुलाई रक्तदान गर्न प्रेरित गर्ने अध्यक्ष नमराज सुवेदीले बताए ।
अध्यक्ष नमराज सुवेदीको अध्यक्षता तथा सचिव उमेश कुंवरको संचालनमा भएको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष शालिकराम बन्जाडेले नियमित रक्तदानले सहकारीका सदस्यहरुलाई मात्र नभएर अन्य व्यक्तिलाई समेत सहज हुने बताए ।

रक्तसंचार केन्द्रका राधा शर्माले सहकारी संस्थाहरुले गरेका नियमित रक्तदानले रगतको अभाव पूर्ति गर्न सहज भएको विचार व्यक्त गरे । उनले हरेक स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्ने सन्देश सबैले समाजमा पुराउनुपर्ने बताए ।

सहकारीका कोरोना भाइरसको महामारीमा रगत अभावका कारण कुनै व्यक्तिलाई समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण भुसालले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते