२२ भदौ २०८३, सोमबार | September 7, 2026

समुदायस्तरमै कोरोना देखिएसगैं आइतबारदेखि बाँकेमा निषेधाज्ञा जारी



नेपालगञ्ज । नेपालगन्जमा समुदाय स्तरमै कोरोना फैलिएको थप पुष्टि भएसंगै बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

राजश्व कार्यालयका ९ जना कर्मचारी र राजश्व कार्यालयमा सेवा लिन आएका २ जनासिहत नेपालगञ्जमा आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको हो ।

राजश्वका एक जना अधिकृतमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा त्यसै कार्यालयका ११ जना र त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकको कन्ट्याक्टका १६ जनामा कोरोना देखिएको छ ।

भेरी अस्पतालको ल्यावमा परक्षिण गरिएका मध्य आज मात्र ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ४१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा