६ श्रावण २०८३, बुधबार | July 22, 2026

स्पेस प्रविधि विकासमा चीनलाई अर्को सफलता, शुक्रबारबाट आफ्नै पोजिसनिङ सिस्टम ‘बायडु’ सुरू



चिनियाँ राष्ट्रपति सि चिङफिङले बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा आयोजित विशेष कार्यक्रममा बायडु स्याटलाइट सिस्टम प्रयोगको सुरूवात गरेका छन् ।

बायडुलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसको विकल्पको रूपमा लिइएको छ ।

केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल स्याङ युसियाले ३० वटा स्याटलाइटको प्रक्षेपणसँगै वायडुले पूर्ण क्षमतामा काम गर्न थालेको भन्दै यसमा संलग्न वैज्ञानिकहरूलाई धन्यवाद दिए ।

कोरोना भाइरसको महामारिकै बीचमा पनि लक्षभन्दा ६ महिना अघि नै बायडु सिस्टम सुरू भएको छ । चीनको प्रविधिको विकासमा बायडुलाई कोशेढुंगा मानिएको छ । बाडडुको एक्युरेसी जीपीएसको भन्दा तीन गुणा बढि मानिएको छ ।

चीनले सबै यातायातमा बायडु नेभिगेशन सिस्टम प्रयोग गर्न निर्देशन दिएसकेको छ । अहिलेसम्म जीपीएसमा निर्भर चिनियाँ युद्धक विमानहरू समेत बायडुबाट निर्देशित भएका छन् । जसका कारण अमेरिकाले गर्ने कुनैपनि प्रविधिक आक्रमणको सामना गर्न चिनियाँ सेनालाई सजिलो भएको छ ।

अब चिनियाँ कम्पनीका मोवाइलमा समेत बायडु सिस्टम नै समावेश हुनेछन् । बायडुमा जीपीएसमा नभएको आवाजबाट समेत लोकेशन ट्रेस गर्नसक्ने बताइएको छ ।

सन् २०१८ बाटै चीनले बायडु सिस्टम प्रयोग गर्न थालेको थियो । तर, अन्तिम ३ स्याटलाइट प्रक्षेपणपछि बायडुले ३३ फिटदेखि १० सेन्टिमिटरसम्म पोजिसनिङ एक्युरेसी दिएको छ । जबकी जीपीएसको एक्युरेसी ३० सेन्टिमिटरसम्म रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : २५ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक