७ आश्विन २०८३, बुधबार | September 23, 2026

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण, पर्सामा थपिए थप ६४ जना संक्रमित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका छन् ।

परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले फेसबुक स्टाटसमार्फत जानकारी गराएका छन् ।

कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् ।

कोरोनामुक्त भएर आफ्नो ‘प्राणभन्दा प्यारो’ जनताको सेवामा चाँडै फर्किने बाचा गर्दै उनले आव्हान गरेका छन्, ‘आ–आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ ननिस्किन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु ।’

सांसद यादवले शुक्रबार मात्र प्रधानमन्त्रीलाई पत्र लेख्दै वीरगञ्जमा कोरोना संक्रमण बढेको अवथामा ५ सय शैय्याको अस्पताल, विज्ञ टोली पठाउन र समुदायमा जाँचको दायरा बढाउन माग गरेका थिए । उनले सीमामा आवत जावत रोक्न माग गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई