१४ आश्विन २०८०, आइतबार | October 1, 2023

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण, पर्सामा थपिए थप ६४ जना संक्रमित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका छन् ।

परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले फेसबुक स्टाटसमार्फत जानकारी गराएका छन् ।

कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् ।

कोरोनामुक्त भएर आफ्नो ‘प्राणभन्दा प्यारो’ जनताको सेवामा चाँडै फर्किने बाचा गर्दै उनले आव्हान गरेका छन्, ‘आ–आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क लगाइ ननिस्किन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु ।’

सांसद यादवले शुक्रबार मात्र प्रधानमन्त्रीलाई पत्र लेख्दै वीरगञ्जमा कोरोना संक्रमण बढेको अवथामा ५ सय शैय्याको अस्पताल, विज्ञ टोली पठाउन र समुदायमा जाँचको दायरा बढाउन माग गरेका थिए । उनले सीमामा आवत जावत रोक्न माग गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ११ बजे

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।

मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि