१३ श्रावण २०८३, बुधबार | July 29, 2026

६० वर्षमाथिका वृद्धवृद्धा र १२ वर्ष कम उमेरका बालबालिकालाई घरबाहिर ननिस्कन सरकारको आग्रह



काठमाडौं । सरकारले ६० वर्ष माथिको उमेरका वृद्धवृद्धा र १२ वर्ष कम उमेरका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण यी उमेका व्यक्तिरुलाई बढी हुनसक्ने बताउँदै घरबाहिर ननिस्कन मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

मन्त्रालयले काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमण बढेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि आम नारिकलाई आग्रह गरेको छ ।

यसैबीच सरकारले कोरोना महामारी समुदायस्तरमा फैलिएपछि पर्साको वीरगन्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगन्ज पठाइएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पर्सामा कोरोना संक्रमित हुनेको र मृत्यु हुनेको दर दिनदिनै बढेपछि मन्त्रालयले केन्द्रबाटै उच्चस्तरीय टोली पठाएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : २४ बजे

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,