५ पुस २०८२, शनिबार | December 20, 2025

६० वर्षमाथिका वृद्धवृद्धा र १२ वर्ष कम उमेरका बालबालिकालाई घरबाहिर ननिस्कन सरकारको आग्रह



काठमाडौं । सरकारले ६० वर्ष माथिको उमेरका वृद्धवृद्धा र १२ वर्ष कम उमेरका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण यी उमेका व्यक्तिरुलाई बढी हुनसक्ने बताउँदै घरबाहिर ननिस्कन मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

मन्त्रालयले काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमण बढेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि आम नारिकलाई आग्रह गरेको छ ।

यसैबीच सरकारले कोरोना महामारी समुदायस्तरमा फैलिएपछि पर्साको वीरगन्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगन्ज पठाइएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पर्सामा कोरोना संक्रमित हुनेको र मृत्यु हुनेको दर दिनदिनै बढेपछि मन्त्रालयले केन्द्रबाटै उच्चस्तरीय टोली पठाएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको