२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोनाको बहानामा मनपरी : एउटा सिरानीको खोलको २८ सय, तन्नाको ८ हजार रुपैयाँ



सिरहा । सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टिन सञ्चालन गरेको थियो । भारतबाट घर फर्किनेहरूलाई सीमामै रहेको सोही विद्यालयको क्वारेन्टिनमा राख्ने गरिएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार यी २ क्वारेन्टिनमा अहिलेसम्म करिब २३ जना बसेको तथ्याङ्क छ । तीमध्ये पीसीआर परीक्षणबाट पोजिटिभ आएकाहरू आइसोलेसन अस्पताल गए भने नेगेटिभ आएका रिपोर्ट आउनेवित्तिकै घर फर्किइसकेका छन् । अहिले ७४ जना क्वारेन्टिनमा छन् ।

क्वारेन्टिनमा ओछ्यानदेखि खानपानसम्मको बिजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा क्वारेन्टाइनबाटै कोरोना धेरै जनामा फैलियो ।

तर, नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ ।

क्वारेन्टिनमा बस्नेहरूलाई महँगा तन्ना, तकिया, डस्ना र तकियाको खोल बन्दोबस्त गरेको नगरपालिकाले सार्वजनिक गरेको समान खरिदको विवरणबाट प्रस्ट हुन्छ ।

नगरपालिकाले ३ लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ ।

नगरपालिकाको विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ ।

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता रहेको गुनासोसहितको उजुरी परेपछि अख्तियारले आइतबार नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपी लिएर गएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ३० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका