५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाको बहानामा मनपरी : एउटा सिरानीको खोलको २८ सय, तन्नाको ८ हजार रुपैयाँ



सिरहा । सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टिन सञ्चालन गरेको थियो । भारतबाट घर फर्किनेहरूलाई सीमामै रहेको सोही विद्यालयको क्वारेन्टिनमा राख्ने गरिएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार यी २ क्वारेन्टिनमा अहिलेसम्म करिब २३ जना बसेको तथ्याङ्क छ । तीमध्ये पीसीआर परीक्षणबाट पोजिटिभ आएकाहरू आइसोलेसन अस्पताल गए भने नेगेटिभ आएका रिपोर्ट आउनेवित्तिकै घर फर्किइसकेका छन् । अहिले ७४ जना क्वारेन्टिनमा छन् ।

क्वारेन्टिनमा ओछ्यानदेखि खानपानसम्मको बिजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा क्वारेन्टाइनबाटै कोरोना धेरै जनामा फैलियो ।

तर, नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ ।

क्वारेन्टिनमा बस्नेहरूलाई महँगा तन्ना, तकिया, डस्ना र तकियाको खोल बन्दोबस्त गरेको नगरपालिकाले सार्वजनिक गरेको समान खरिदको विवरणबाट प्रस्ट हुन्छ ।

नगरपालिकाले ३ लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ ।

नगरपालिकाको विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ ।

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता रहेको गुनासोसहितको उजुरी परेपछि अख्तियारले आइतबार नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपी लिएर गएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ३० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य