१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बुधबार थपिए ४८४ जना नयाँ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १३८ थपिए



काठमाडौं । नेपालमा पछिल्ला केहिदिन यता कोरोना भाइरसका संक्रमित तिब्र गतिमा बढिरहेका छन् । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि रफ्तारमै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ४८१ जनामा गरिएको पीसीआर परीक्षणमा ४८४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामै थपिएका छन् । काठमाडौंमा मात्रै १०९ जना थपिएका छन् भने ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

डिस्चार्ज हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ६४ जना संक्रमित निको भएर घर फर्किका छन् । यो ६८ दशमलव ४ प्रतिशत हो ।

यसैगरी, देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि बढेको छ । बुधबार १४ हजार ८४६ जना व्यक्तिहरु क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ३३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ