२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बार्सिलोनाका खेलाडीमा कोरोना संक्रमण



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

प्रि–सिजन प्रशिक्षणका लागि रिपोर्टिङ्ग गरेका मध्ये एक खेलाडीमा संक्रमण देखिएको र उनी हाल घरमै क्वारेन्टिनमा रहेको जनाइएको छ ।

संक्रमित खेलाडीको सम्पर्क च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि लिस्बोन गएका खेलाडीहरुसँग नरहेको बार्सिलोनाले स्पष्ट पारेको छ ।

यस्तै बुधबार अर्को ला लिगा क्लब एथ्लेटिको बिल्बाओले प्रि–सिजन प्रशिक्षणमा फर्किएका मध्ये ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।

यस्तै भ्यालेन्सियाका दुईजनामा यो हप्ता कोरोना भाइरसको संक्रमण देखियो । च्याम्पियन्स लिगको क्वाटरफाइनल पूर्व भएको परीक्षणमा एथ्लेटिको मड्रिडका दुईजनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ६ : २१ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै