५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यसम्बन्धी विधेयक पारित



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ ।

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । सामाजिक विकास समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि आजको बैठकमा छलफल भएको थियो ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली कांग्रेसका गोविन्दराज बोहरा र जनता समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले भाग लिएका थिए ।

विधेयक पारित भएसँगै नेपालको संविधानमा व्यवस्था भएको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई सर्भसुलभ तथा प्रभावकारी बनाउन प्रदेशस्तरमा बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा कांग्रेसका देवराज पाठकले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टिनमा भएको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाएकी राधादेखि ओडका साथै प्राकृतिक प्रकोप र बस दुर्घटनमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको उपचार खर्चको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य भरतबहादुर खड्कालाई अर्थ विकास तथा प्राकृति स्रोत समिति, गोविन्दराज बोहरालाई सार्वजनिक लेखा समिति, कर्णबहादुर मल्ललाई सामाजिक विकास समिति र डिल्लीराज पन्तलाई सार्वजनिक लेखा समितिको सदस्यमा रही कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिए । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : २१ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान