१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ विदेशमन्त्री वाङ यीले गरे तिब्बत स्वायत्त प्रदेशको दुर्लभ भ्रमण



चिनियाँ विदेशमन्त्री वाङ यीले तिब्बत स्वायत्त प्रदेशको दुर्लभ भ्रमण गरेका छन् ।

चीन र भारतबीच लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)स्थित गलवान घाँटीमा उत्पन्न हिंसात्मक तनावको केहीसमयपछि स्टेट काउन्सिलर यीले शुक्रबार तिब्बत स्वायत्त प्रदेशको भ्रमण गरेका हुन् ।

तिब्बत डेलीका अनुसार विदेशमन्त्री वाङले समावर्ती क्षेत्रको समेत भ्रमण गरेका छन् ।
चिनियाँ विदेशमन्त्रीले लामो समयपछि आफ्नै देशको अति महत्वपूर्ण भूभागको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपममा हेरिएको छ ।

चीनका विदेशमन्त्री तिब्बत भ्रमणमा विशेष योजना नबनी नआउने भएका कारण वाङको यो भ्रमणलाई अर्थपूर्ण मानिएको हो ।

‘चीन सरकारको कुटनीतिक मोर्चाले राष्ट्रिय सुरक्षा तथा तिब्बतको खुलापनका लागि तिब्बतका नागरिकसँग मिलेर काम गर्ने छ’, वाङको भनाइ उधृत गर्दै तिब्बत डेलीले शनिबार लेखेको छ।

केही अन्य चिनियाँ सञ्चार माध्यमले वाङको तिब्बत भ्रमणलाई ‘अध्ययन भ्रमण’ भनेका छन् र, ‘यसबाट राष्ट्रिय सुरक्षाको मामिलामा चिनियाँ सेना र विदेश मन्त्रालयबीच संयोजन हुने’ टिप्पणी गरेका छन्।

‘तिब्बतको सुरक्षा र स्थिरता चीन र चिनियाँ कम्युनिष्ट पार्टीको सुरक्षा र विकाससँग सम्बन्धित छ’, वाङले भने, ‘कोभिड १९ को चौतर्फी असरका बाबजुद कुटनीतिक मोर्चाले तिब्बतका अधिकारीहरूसँग मिलेर तिब्बतको सुरक्षा र स्थिरताका लागि ‘नयाँ युगमा तिब्बतको सुशासन गाइडलाइन’ कार्यान्वयन गर्न काम गर्नेछ।’

तिब्बत डेलीका अनुसार भारतसँग भिडन्तपछि तिब्बतमा बेइजिङबाट भएको यो पहिलो उच्च भ्रमण हो। शुक्रबार वाङले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत क्षेत्रका सचिव र तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए। वाङले तिब्बतको सीमा क्षेत्रमा परिचालन गरिएका चिनियाँ सेनाका अधिकारीहरूसँग पनि भेटवार्ता गरेको बताइएको छ।

भेटमा वाङले तिब्बतको क्षेत्रीय स्थिरता, चीनको राष्ट्रिय सुरक्षा, तिब्बतको खुलापन र बाह्य विश्वसँग सहकार्य तथा आर्थिक र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्। भारतीय सीमा क्षेत्र भ्रमण गर्ने क्रममा तिब्बतले पूर्वाधार विकास, गरिबी निवारण र गाउँको विकासमा राम्रो प्रगती गरेको वाङले बताए।

चीन र भारतबीच पछिल्लो केहीसमययता सीमा क्षेत्रमा तनाब उत्पन्न भैरहेको छ । लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको गलवान क्षेत्रमा चिनियाँ सेनासँग मुठभेड गर्दा २० भारतीय सेनाको मृत्यु भएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध पछिल्लो तीन दशक यताकै संकटपूर्ण अवस्थामा पुगको छ ।

दुई मुलुकका सैनिक र कुटनीतिकस्तरमा कैयौं चरणका वार्ता भएपछि तनाव मत्थर हुन सकेको छैन । शनिबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७४औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भारतको सार्वभौमिकतामाथि चुनौती दिने जो कसैलाई कडा जवाफ दिन तयार रहेको बताएका थिए ।

केही दिन अघि मात्र चिनियाँ जनमुक्ति सेनाले उच्च भूभागमा गरिने युद्धअभ्यास गरेको थियो ।

गलवान तनाब पछि दुई मुलुकको व्यापार समेत प्रभावित बन्दै आएको छ । भारतले कैयौं चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ । तर, चीनले अझै पनि दुई मुलुक प्रतिद्वन्द्वी नभएर सहयात्री भएको बताउँदै सीमा क्षेत्रमा उत्तेजनात्मक गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ५१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो