१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सोमबार थपिए जना ५८१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १६८ थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने झन पछि झन बढ्दै छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५८१ जना नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ५२० पीसीआर परीक्षण गर्दा ५८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १३९ जना संक्रमित थपिएका छन् । ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

हालसम्म जना व्यक्ति संक्रमणबाट मुक्त भएर १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

देशभरीका आइसियुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

देशभरका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहनेहरुको संख्या १५ हजार १९८ रहेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ४ : २९ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से