२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कराते महासंघका कार्यालय सचिव क्षेत्री सम्मानित



काठमाडौं । नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रुपमा कार्यरत पूर्व खेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन् । सोही अवसरमा १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रुपमा क्षेत्रीलाई ५ हजार रुपैयाँ सहित सम्मान प्रदान गरे । क्षेत्रीलाई मुटु र आँखाको समस्या पनि रहेको करातेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।

कराते महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रमकै बीच क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरि सम्मान गरिएको थियो ।

नेपाल कराते महासंघद्वारा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

अवसरमा १३ औं सागमा निर्णायकको भुमिका निर्वाह गरेका नेपाली एकेएफ रेफ्रीहरु राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ११ : ०२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले