१७ माघ २०८२, शनिबार | January 31, 2026

कास्कीमा भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा



पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि निषेधाज्ञाको घोषणा गरिएको छ ।

पोखरामा कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिले विज्ञहरुसँग गरेको छलफलमा जिल्लाभर निषेधाज्ञा लगाउन सुझाव दिइएको थियो । लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर आजै रातिबाट ७ बजे गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

हिजो बसेको जिल्ला सीसीएमसी बैठकले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा जारी गर्न अनुमति प्रदान गरेको थियो ।

मंगलबार बसेको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्दै त्यसलाई कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाअवधीभर अत्यावश्यक कामबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । आवश्यक परे निषेधाज्ञाको समयावधी थप हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पोखरा महानगरभित्रै आज बिहान थप १५ जना संक्रमित थपिएका छन् । पोखरामा मंगलबार बिहान तनहुँकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

चाडवाड नजिकिएसँगै संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : ५३ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान